बर्दिया । बर्दियामा तीस हजार रुपैयाँ घुससहित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश सिंह महता पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो ।
सोधपुछका लागि पक्राउ परेका व्यक्तिलाई छाडिदिने शर्तमा घुस लिँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकृत निराजन शर्माले बताए । उनले प्रहरी निरीक्षक महतालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन् । घु
स दिने स्थानीय मैयाँ पौडेललाई समेत पक्राउ गरिएको शर्माले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।