टेलिभिजन रियालिटी शो ‘बिग बोस’ एक एपिसोडको १४ करोड लिने भए सलमान

काठमाडौँ । यस पटकको टेलिभिजन रियालिटी शो ‘बिग बोस’ का लागि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया, अभिनेत्री तनुश्री दत्ता, उनकी बहिनी इशिता दत्ता, पूर्व क्रिकेटर श्रीसन्त, करणवीर बोहरा, गुरमित चौधरी, उनकी पत्नी देबिना बेनर्जी, दिपिका कक्कड, माहिका शर्मा, पोर्नस्टार डेनी डी लगायतको नामहरु चर्चामा आएको छ ।

सुरु हुन अब एक हप्ता मात्रै बाँकी रहेको ‘बिग बोस’ सिजन १२ आउने हप्ताको सेप्टेम्बर १२ देखि सुरु हुने भएको छ ।

खबरहरुका अनुसार माहिका शर्मा र डेनी डीको जोडी एक हप्ताको ९५ लाख भारतीय रुपैयाँ लिनेछन् । यस्तै टेलिसिरीयल ‘ससुराल सिमरका’ फेम दिपिका कक्कडले हप्ताको १५ लाखको डिमाण्ड राखेकी छिन् भने भारती सिंह र उनका पति हर्ष लिम्बाचिया हप्ताको ५० लाख लिइरहेका छन् ।

प्रतियोगीहरुले नै मोटो रकम लिइरहेका बेला ‘बिग बोस’ शो का सञ्चालक सलमान खानले लिने पारिश्रमिकले आकाश नछुने त कुरै भएन । यो शो १३ हप्तासम्म चल्नेछ । जहाँ सलमान खान हरेक शनिबार र आइतबार प्रतियोगीहरुका साथ कुराकानी गर्नेछन । तसर्थ यस समयावधिका लागि अभिनेता सलमान खानले ३ सय ६४ करोड भारतीय रुपैयाँ लिने खबर यतिबेला आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *