राजधानीमा ४ लागू औषध कारोबारी पक्राउ

काठमाडौं ।काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ४ लागू औषध कारबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार नागढुंगा, चाबहिलबाट ३ र शनिबार बल्खुबाट अर्का १ लागू औषध कारबोरी पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रवक्ता रामदत्त जोशीका अनुसार नागढुंगाबाट पक्राउ पर्नेमा बाराका ५० वर्षीय रिठा विष्ट छन् । विष्ट वीरगञ्जबाट २००/२०० एम्पल नुफिन, फेनारगन र डाईजेल्याब ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

विष्टले दिएको सूचनाका आधारमा प्रहरीले चाबहिलबाट महोत्तरी पशुपतिनगरका सन्तोषकुमार सिंह र गुल्मी चन्दुकोटका विशाल कार्कीलाई पक्रेको छ । प्रहरी नायव उपरीक्षक जोशीका अनुसार, विष्टले सिंह र कार्कीको आग्रहमा आफूले लागू औषध ल्याएको वयान दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ४ जनालाई लागू औषध मुद्दा चलाएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

यसैबीच, प्रहरीले शनिबार काठमाडौंकै बल्खुबाट अर्का १ लागू औषध कारबारीलाई नियन्त्रणमा लिएको छ । बल्खु इलाकामा लागू औषधको कारोवार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, कालिमाटीको विशेष प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–२८, बगही बस्ने १९ वर्षीय सुवास यादवलाई पक्रेको हो ।

प्रहरीका अनुसार उनको साथबाट डाईजेपाम-३०० एम्पल, नुर्फिन-३०० एम्पल र फेनारगन – ३०० एम्पल गरि जम्मा ९०० एम्पल लागू औषध बरामद भएको छ ।पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, कालीमाटीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *