मदनकुमार अधिकारी / काठमाडौँ ।
ईन्टरनेसनल फेडेरेसन फर यादव च्याम्बर अफ कमर्स द्वारा आयोजीत ईन्डो-नेपाल व्यापार मेला तथा भेला काठमाडौँमा शुक्रबार देखि शुरू भएको छ ।
भेलामा प्रमुख अतिथीका रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले – समृद्ध नेपाल,सुखी नेपालीको उद्देश्यमा संस्था प्रतिबद्द होस् भन्दै लगानी बढाउन सुझाव दिए । भने उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लगानी बढाउने प्रतिबद्धता केवल ओठे प्रतिवद्धतामा मात्र सिमीत हुन नहुने भन्दै लगानी भित्र्याउन र बढाउन अपील गरेका छन् ।
यादव च्याम्बर अफ कमर्सका अध्यक्ष सुदेश यादवले सो अवसरमा,संस्था नेपाल समेत १३ देशमा बिस्तार भईसकेको बताउँदै नेपालमा तत्काल १५ अर्वको लगानी भित्र्याईने जानकारी दिए । त्यस्तै मेलाका समन्वयकर्ता डा. शिवजी यादवले नेपालको पूर्वाधार बिकास,सूचना तथा प्रविधीको क्षेत्रमा लगानी केन्द्रीत गरिने बताएका छन् ।
मेला दुईदिन चल्ने बताईएको छ ।