बेगनास तालमा डुंगा पल्टियो, एक जनाको मृत्यु, ५ बेपत्ता

पोखरा । बेगनासतालमा डुंगाा पल्टिदा एक जनाको मृत्यु भएको छ । डुंगामा सवार ९ जना सवार थिए । ९ जनामध्ये ५ जना बेपत्ता भएका छन् भने ४ जनाको उद्दार गरिएको छ ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *