ओभर डोजका कारण चर्चित अमेरिकी र्‍यापर ‘म्याक मिलर’को मृत्यु

काठमाडौँ । चर्चित अमेरिकी र्‍यापर म्याक मिलरको मृत्यु भएको छ । क्यालिफोर्नियाको लस एञ्जलस स्थीतआफ्नै निवासमा शुक्रबार मृत भेटिएका हुन् । पहिले पनि आफूले अत्याधिक मात्रामा लागुपदार्थ सेवन गर्ने गरेको स्वीकारेका मिलर अत्याधिक लागुपर्दाथ सेवनका कारण मृत्यु भएको बताइएको छ । म्याक मिलर २६ वर्षका हुन् ।

सन् २०११ मा मिलरले पहिलो एलबम ल्याएका थिए । त्यसपछि उनी युवा पुस्ताबीच निक्कै नै लोकप्रिय थिए ।

गएको मे महिनामा नशालु पदार्थ सेवन गरेको आरोपमा मिलर पक्राउ परेका थिए । मिल पक्राउ पर्नुमा ृउनकी प्रेमीका आरियाना दोषी रहेको आरोप पनि लगाइएको थियो । त्यसपछि आरियानाले सार्वजनिक रुपमै म्याकसँगको ‘टक्सिक रिलेसन’ समाप्त भएको बताएकी थिइन् ।

हालसालै उनको एउटा एलबम ‘स्विमिङ’ रिलिज भएको थियो, जसका लागि उनी सांगीतिक भ्रमणमा पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *