बसको ठक्करबाट एकको मृत्यु

पर्सा । पर्साको धोविनी गाउँपालिका–१ मा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ठोरीबाट सदरमुकाम वीरगन्ज आउँदै गरेको बसको ठक्करबाट चार वर्र्षीया बालिकाको मृत्यु भएको हो।

ठोरीबाट बिहान वीरगन्जतर्फ आइरहेको ना ७ ख ७७ १९ नम्बरको बसले ठक्कर दिदा प्रितिकुमारी साहको मृत्यु भएको हो । गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पोखरिया अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *