प्रकाण्डलाई दाङ पुर्याइयो, म्यादी प्रहरीको हत्या आरोप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले दाङ पुर्‍याएको छ । नेत्रविक्रम चन्द नेतृत्वका प्रकाण्डलाई भोजपुर जिल्ला अदालतबाट धरौटीमा रिहा गरेलगत्तै  प्रहरीले पक्राउ गरी हिजो साँझ दाङ पुर्‍याएको हो ।

म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा उनलाई दाङ लगिएको हो ।गत मंसिर १२ गते दाङको तुल्सीपुरमा गराइएको बम विस्फोटमा म्यादी प्रहरी चौधरीको निधन भएको थियो ।सो विस्फोटका घटनामा विश्वकर्माको संलग्नता रहेको आरोप प्रहरीले लगाएको छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो अभियोग हो ।हिजो साँझ दाङ पुर्याइएका विश्वकर्मालाई भोलि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *