भाइरल हुदै ‘ट्रेनको झ्यालबाट चुम्बन’

काठमाडौँ । ‘परिवर्तनशील यो दुनियाँमा जहाँ पुरानो कहानी समाप्त भइसकेको छ तर त्यसको सट्टामा कुनै नयाँ कहानी आएका छैनन् । हामी यहाँ पेश गर्दैछौं एक अमर प्रेम कहानी । यो रह्यो जलेबीको पोस्टर ।’ भनेर ट्वीट गर्दै सार्वजनिक गरिएको एउटा तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा कमाइ रहेको छ ।

जुन तस्बिर अरु नभइ फिल्म ‘जलेबी’ को पोस्टर हो । महेश भट्टको सो चलचित्रको पोस्टरमा ट्रेनको झ्यालबाट निहुरिएकी प्रेमिकालाई ट्रेन बाहिर उभिएका प्रेमीको चुम्बन गरिरहेको दृष्य हामी देख्न सक्छौ ।

महेश भट्टको नयाँ फिल्म ‘जलेबी’ को उक्त तस्बिरले उनको फिल्ममा केहि आधुनिक शैलिको कहानिको हुन सक्ने संकेत गरेको छ ।महेश आफैंले ट्वीट गर्दै हामिले केहि नयाँ शैलिको प्रयो गरेका छौँ भनेका छन् ।

पोस्टर सार्वजनिक भएलगत्तै यसले सोसल मिडियामा चर्चा पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *