गोली चलाएर ५ जना घाइते, लाखौ को लुटपाट

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा गएराति १२ बजे गोली प्रहार गरी लुटपाट भएको छ । अज्ञात समुहद्वारा स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट भएको हो ।

भुजेलको परिवारले नगद र गरगहनासहित करिव ८ लाख बराबरको गरहगना लुटेको बताएको छ ।

आक्रमणबाट एकै परिवारका पाँचजना घाइते भएका छन् । गोलीको छर्राले घाइते हुनेमा ४६ का अर्जुन भुजेल, उनकी श्रीमती वर्ष ४५ की अञ्जु भुजेल, छोराहरू वर्ष २४ का दिपेन्द्र भुजेल, वर्ष १६ का अमित भुजेल र मेचीनगर १ का वर्ष ३१ का सुमन बुढाथोकी रहेका छन् ।

उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *