इतिहासमा आज (८ सेप्टेम्बर)

१. ८ सेप्टेम्बर १५२२ मा स्पेनिश समुद्र यात्री गुयान सेबास्तियन डेलकानो संसार को यात्रा गरेर स्पेन फर्केका थिए । सन् १५१९ मा पोर्चुगिज नाविक फर्दिनांड मेगेलिनको नेतृत्वमा पानीजहाज बाट  संसार घुम्न निस्केका २४१ जना समुद्र यात्रीको समुहका उनि एक सदश्य थिए । तर अप्रिल २१ , १५२१ मा फिलिपिन्समा मेगेलिन मारिए पछि समुहको नेतृत्व डेलकानोको काँधमा आए पछि उनले आफ्नो मिशन पुरा गरेका थिए । यो समुहले स्पेनबाट आफ्नो यात्रा शुरु गरेर एट्लाण्टिक महासागर पार गरेर प्रशान्त महासागरको फिलिपिन्स पुग्यो । त्यहाँ बाट फेरि हिन्द महासागर हुँदै अफ्रिकाको दक्षिणी टुप्पो केप अफ गुड होपको चक्कर लगाएर अफ्रिका महादेशको पश्चिमी किनार हुँदै स्पेन पुगेको थियो ।

२. नाजी जर्मनीद्वारा लेनिनग्रादको घेराबन्दी शुरु ८ सेप्टेम्बर १९४१ का दिन भएको थियो । इतिहासमा एक शहरको यो घेराबन्दी सबै भन्दा लामो समय ८८० दिन सम्म भएको थियो । घेराबन्दीको दौरान रोग भोक र सैनिक कारबाही बाट दश लाख सोभियत नागरिक हरु र तीन लाख सोभियत लाल सेनाका सिपाहीहरु मारिएका थिए । तर अन्त्यमा लेनिनग्रादका साहशी नगरबासी र बहादुर सोभियत लाल सेनाले फासिष्ट शक्तिहरुलाइ सोभियत माटो बाट धपायेरै छोडे ।

३. आजैका दिन सन् १९४५ मा जापानको दोश्रो विश्वयुद्ध कालिन प्रधानमन्त्री तथा ‘ क ‘ बर्ग को युद्ध अपराधि जनरल हिडेकी तोजो ले युद्ध अपराध को मुद्दा खेप्न बाट बच्न को लागि आत्महत्या को असफल प्रयास गरेका थिए । तर उनलाई टोक्यो त्रिब्युनल को निर्णय बमोजिम पछि झुण्ड्याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *