गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त

गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेको जनाइएको छ ।  गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

सो हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

यात्रुको अवस्थाबारे अन्य जानकारी बुझ्ने प्रयास भइरहेको छ ।

काठमाडौं आउँदै गरेको ‘अल्टिच्युड एयर’को हेलिकप्टर सम्पर्कविहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *