‘पुरानो बुलेट’ पोष्ट प्रोडक्सनमा


मोरङ । क्रेजी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र पुरानो बुलेट हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको छ । चलचित्र सम्पादनमा अर्जुन जिसी र सन्देस साह खटिएका छन् । उक्त चलचित्र गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको कार्य भइरहेको कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए ।


काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जे लगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । अहिलेका व्यस्त नायक अनुपलाई वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । पूर्वेली कथामा आधारित यस चलचित्रको सम्पादन कक्षमा भेटिकाएका निर्देशक भीषण राईले भने—यो चलचित्र पूर्वेली कथामा आधारित रहेर निर्माण गरिएको लभ स्टोरी र फेमीली ड्रामा हो, अहिले सम्पादनको काम भइरहेको छ, हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ ।


चलचित्रको कथा कार्यकारी निर्माता सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रका निर्माताहरु विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु रहेका छन् । हरि घले लामाले खिचेको यो चलचित्र चाँडै नै प्रदर्शन मिति तोकिने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *