काठमाडोँ । ब्राजिलमा अर्काे महिना हुने राष्ट्रपतिका प्रमुख दाबेदार बोल्सोनारोमाथि छुरा प्रहार भएको छ । राष्ट्रपति निर्वाचनका प्रमुख दाबेदार मध्येका एक जेयर बोल्सोनारोमाथि ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्यालीका समयमा छुरा प्रहार गरिएको हो।
उनी प्रजातन्त्रवादी नेताका रुपमा परिचित छन्। छुरा प्रहारबाट उनको पाचन प्रणालीमा असर परेको र आकस्मिक शल्यक्रियासमेत गरिएको अस्पतालले जनाएको छ। बोल्सोनारोको उपचारमा खटिएका चिकित्सकले उनको स्वास्थ्य अवस्थामा सुधार आउनसक्ने बताएका छन्।
छुरा प्रहार गर्ने सम्भावित आरोपी एडिलियो ओविस्पो डि ओलिभिरालाई भने तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। ४० वर्षीय ओलिभिरा मानसिक रोगी भएको बताइएको छ।