काठमाडौँ । नेपालगञ्जका एक तान्त्रिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । तान्त्रिकले बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप लागेको हो ।
अधिकारी थरका सो व्याक्तिले व्यक्तिले केही समयअघिदेखि नेपालगञ्जमा ज्योतिषको काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको छ ।
बाँकेको कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो ।