नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएपछि उडान रोकियो

काठमाडौं । नेपाल एयरलाइन्सको ३२० एयरबसमा चरा ठोक्किको छ । मलेसियाबाट काठमाडौं आएको जहाजमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको हो । चरा ठोक्किए पछि जहाज ग्राउन्डेड भएको छ।

सो जहाजको जहाज मर्मत कार्य भइरहेकोले केहि दिन उडान रोकिने भएको छ ।

चरासँग ठोक्किएको जहजाको पखेटामा सामान्य क्षति पुगको छ । कुनै पनि प्रकारको जहाजमा प्राविधिक क्षति पुगेको अवस्थामा जहाज निर्माता कम्पनीले दिने ुम्यानुफ्याक्चर मेन्टिनेन्स म्यानुअलुका आधारमा मात्रै मर्मत गर्नुपर्ने हुँदा केही ढिला भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *