इतिहासमा आज (६ अगस्त)

 १. सन् १९६५ को ६ सेप्टेम्बरमा भारतले पाकिस्तानी शहर लाहोरमाथि आक्रमण गर्यो  ।

२. १९७० को सेप्टेम्बर ६ कै दिन प्यालेष्टिनी गुरिल्लाले एकै दिन ४ वटा बिमानहरु युरोपका विमानस्थल हरु बाट अपहरण गरेका थिए  । ति मध्ये ट्रान्स वोर्ल्ड एयरलाइन्स को फ्र्यान्क्फार्ट बाट न्युयोर्क तर्फ जान लागेको बोइङ्ग ७०७ , स्विस एयर को डी सी ८ को जुरिच बाट न्युयोर्क जान लागेको हवाई जहाज , इ आइ ए आइ को बोइङ्ग ७०७ को आम्स्टर्डाम बाट न्युयोर्क जान लागेको बिमान र अर्को पान अमेरिकन को आम्स्टर्डाम बाटै न्युयोर्क तर्फ उड्न लागेको बोइङ्ग ७४७ को बिमान थिए । अपहरणकारीले स्विस जेल मा रहेका आफ्ना साथि हरु को रिहाइ को माग राखेका थिए । उनिहरुले पछिल्लो बिमान लाइ पहिला जोर्डन र त्यहाँ बाट इजिप्ट पुर्याएका थिए ।

३. म्युनिख ओलम्पिकमा भाग लिन गएका ११ जना इजरायली खेलाडीहरुलाइ ओलम्पिक भिलेज मै घुसेर प्यालेष्टिनी गुरिल्ला हरुले मारिदिएका थिए सन् १९७२ को सेप्टेम्बर ६ का दिन ।  ति गुरिल्लाहरुको समुहलाइ ब्ल्याक सेप्टेम्बर नामले चिनिन्छ  । बन्दुक हानाहान मा ५ जना गुरिल्ला र एक जना जर्मन पुलिसको पनि ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *