जनकपुरबाट पटनासम्म सिधै बससेवा

मदनकुमार अधिकारी, धनुषा
जनकपुरधाम देखि भारतको पटना सम्म अब नियमित बस सेवा शुरू गरिने भएको छ ।आगामी भाद्र २८ गते बिहारका मुख्यमन्त्री नितिशकुमारले पटनाबाट हरियो झण्डा देखाएर जनकपुरधामको लागि गाडी खुल्ने जनाईएको हो । भने,यता जनकपुरधाममा भने आगामी भाद्र ३१ गते बिहान प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बससेवाको बिधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

यसअघी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणको बेला मोदी ओलीले संयुक्तरूपमा रामायण सर्किटु उद्घाटन गरेर ‘जनकपुरधाम-बनारस’ बस सेवाुको घोषणा गरेर बस समेत ल्याईएको भएपनी त्यो त्यसै अवरूद्ध भएको थियो । तर मोदी जनकपुरधाम भ्रमणमा आएको बेला नेपालका प्रधानमन्त्री ओलीसँग संयुक्तरूपमा जनकपुर देखि पटना बस सञ्चालन गर्ने घोषणा गरेका थिए । बससेवा सुचारू हुनु दुवै शहर र देशका जनताका लागि खुसीको कुरा रहेको स्थानीय हरि अधीकारीले बताए ।

बस संचालनको बिषयमा जनकपुर बस ब्यवशायी संघका अध्यक्ष मनोज चौधरीले सबै तयारी पूरा भैसकेको र ‘जनकपुरधाम – पटना’ बस सेवा निर्वाध ढंगले संचालन गर्नेगरी तयारी गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *