नेपाली चलचित्र हलमा ‘रोज’ र ‘रामकहानी’ भिड्दै

काठमाडौँ । शुक्रबारबाट नेपाली चलचित्र हलमा २ नयाँ नेपाली उड फिल्म प्रदर्शनमा आएका छन्। मुख्य कलाकार पुजा शर्मा रहेको चलचित्र रामकहानी र प्रदीप खड्काको मुख्य भुमिका रहेका चलचित्र रोज सँगै रिलीज भएका हुन् । सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘रामकहानी’ र निरक पौडेल निर्देशित फिल्म ‘रोज’प्रदर्शनमा एकैसाथ बजारमा आएका हुन् ।

कुनै समय दर्शकका हिट जोडीका फरक– फरक फिल्म एकसाथ हलमा जुध्न पुगेका छन्।स्टार कास्टका कारण शुक्रबारबाट प्रदर्शनमा आएका दुबै फिल्म दर्शकका लागि अपेक्षित फिल्म हुन्। तर, एकैदिन दुई राम्रो ब्यानरमा निमार्ण गरिएका फिल्म हल प्रवेश गर्नुले भने व्यापारमा चूनौति सृजना गरिदिएको छ।

सुदर्शन थापा निर्देशित फिल्म रामकहानी लभस्टोरी कमेडी जनरामा निमार्ण भएको फिल्म हो। फिल्ममा अभिनेत्री पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झा लगायतको अभिनय रहेको छ। भने निर्देशक थापा र अभिनेत्री शर्माको संयुक्त लगानी रहेको फिल्ममा सुदर्शनकै कथा लेखन रहेको छ।

निरक पौडेलले निर्देशन गरेको चलचित्र रोज क्राइम थ्रिलर जनरामा निमार्ण भएको मछ । जसमा प्रदीप, परिमिता मिरुना कर्मा शाक्य, भरुन एसजेबी राना, नरेस पौडेल लगायतको अभिनय रहेको छ। केदार भुसालको लेखन रहेको फिल्ममा उद्धव पौडेलको प्रस्तुती रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *