ट्याङकरले ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं । चितवनमा ट्याङकरको ठक्कर बाट दुइजनाको मृत्यु भएको छ ।चितवनको भुरझुरेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो ।

चितवनबाट मकवानपुरका लागि छुटेको ना २ ख ८५३९ नम्बरको ट्याङकरले ग ५ प ८२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिँदा मकवानपुर छत्तिवनका सुकमान स्याङ्तान र बारा जितपुर १६ का प्रेमबहादुर मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *