एजेन्सी, २२ भदौ । अभिनेत्री रानी मुखर्जीले आफ्नो इच्छा व्यक्त गरेकी छन् कि ‘हेल्लो ब्रदर’को उनकस् सहकलाकार समान खानको पनि एक छोरी होस्,जसको बिहे अर्का अभिनेता शाहरुख खानका छोरा अबरामसँग होस् । सलमान र शाहरुख यो साता ‘दशका दाम’मा एक साथ दखिनेछन् । यसै मौकामा अभिनेत्री रानी मुखर्जी पनि कार्यक्रममा सोमल हुनेछन् ।
केही भनाई अनुसार पछिल्लो सम अभिनेता शाहरुखले भनेका छन्, ‘मेरो कान्छो छोरो अबराम सलमान जस्तै छन् ।’ उनका कान्छो छोरा आफ्नो अभिभावकहरु प्रति माया देखाउँछ नै, तर अभिनेता समान खान जस्तै उनलाई मन पर्ने कुनै पनि केटीलाई ‘आई लभ यु’ भन्न पनि लजाउँदैनन् ।
यसै कुरालाई लिएर अभिनेत्री रानी मुखर्जीले भनिन्, ‘सलमान मेरो इच्छा छ कि, तिम्रो एक छोरी होस्, त्यो पनि सुन्दर हुनेछन् । उनैबाट तिमीलाई खुसी मिल्छ । वास्तवमा हामीले तिम्रो सो छोरीको बिहे अबरामसँग देख्न चाहन्छौं ।’
यो कुरा सुनेपछि शाहरुखले जवाफ फर्काईहाले, ‘हामीले रानीलाई यो शोमा बोलाउन नमिल्ने थियो । उनले त अरुको बिहेको कुरा गरिरहेकी छन् । जसले यो शोमा आफ्नो लागि बच्चाको योजना बनाउँदै हुनुहुन्छ । सबैलाई रानीलाई बोलाउनुपर्छ ।’