काठमाडौँ / त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र आउट गरेका प्राध्यापकलाई कारवाहीको माग गर्दै बिरोध गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा भएको उक्त विरोध कार्यक्रममा प्रहरीको गिरफ्तारीमा पर्ने विद्यार्थीमध्ये नया शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव हेमराज थापा सहित ७ जना रहेका छन् ।
यसैबिच नया शक्ति विद्यार्थी युनियनले आफ्ना पक्राउ परेका नेता लगायतका विद्यार्थीलाई यथाशीघ्र रिहाइ गर्न माग गरेको छ ।नया शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले जनदिशासँग छोटो कुरा गर्दै गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहा गर्न तथा प्रश्नपत्र आउट गर्ने प्रध्यापकलाइ बर्खास्त गरी कारबाही गर्न त्रिभुवन विश्वविद्यालय तथा सम्बद्ध पक्षसँग माग गरेका छन ।