व्यापारीले मन्त्रीलाई नचाउन सक्छ : उद्योगमन्त्री

काठमाडौं । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको वैदेशिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रीलाई व्यापारीले नचाउन सक्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै यादवले अन्तराष्ट्रिय स्तरसम्म पहुँच रहेका व्यापारीले सजिलै मन्त्रीलाई नचाउने गरेको बताएका हुन् ।

उनले नेपालमा उद्योगीभन्दा व्यापारी धेरै रहेको बताए। जसको कारण नेपालमा वैदेशिक लगानी भित्र्याउन समस्या भएको उनको दावी छ ।

त्यस्तै नेपाली बजारमा विश्वबजारमा प्रतिस्प्रर्धा गर्ने खालको नीति निमार्ण गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जनाएका छन् । बैंकमा देखिएको अस्थिर ब्याजदरको प्रवृत्ति अन्त्य नभएसम्म लगानीकर्तालाई सहज नहुने भन्दै उनले हाल लगानीका क्षेत्रमा भएको ऐन कानुन पुरानो भइसकेको कारण यसलाई संसोधन गर्नु पर्ने पुष्टी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *