आन्दोलित विद्यार्थीद्वारा त्रिविको कार्यालयमा तोडफोड

काठमाडौं । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकाले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन् ।

आज उपकुलपति कार्यालय परिसरमा नारावाजीमा उत्रेका विद्यार्थीमध्ये चारजना उपकुलपतिसँग वार्ता गर्ने भन्दै कार्यकक्ष भित्र पसेर तोडफोड गरेको त्रिवि सूचना शाखाले जनाएको छ । तोडफोडबाट उपकुलपति कार्यालयका कुर्सी, दराज, झ्यालका सिसा, सोफा, टेबललगायत गमला फुटालेर तोडफोड गरी क्षति पुर्याएको छ ।

त्रिविले भने परीक्षा सार्ने विषयमा छलफल भइरहेको जनाएको छ । तोडफोड गरेर विद्यार्थी भागेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *