कीर्ते गरेर ७० करोडको इलेक्ट्रिक कम्पनी कब्जा गर्न खोज्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सम्पत्तिको किर्ते कागजात बनाएर किनबेच गरेको अभियोगमा १२ जनाको गिरोह पक्राउ गरेको छ । मालिकलाई थाहै नदिई करिब ७० करोड बढीको सम्पत्ति कागजात किर्ते गरी कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीसहित १२ जनाको गिरोह पक्राउ परेको हो ।

प्रहरीका अनुसार उनीहरुले भारतीय नागरिक रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रिक इण्डस्ट्रिज प्रालिको कागजात किर्ते गरी जीतबहादुर मगरको नाम हालेर बिक्रीवितरणको तयारी गरेका हुन् ।

प्रालिका एकमात्र शेयरधनी, सञ्चालक एवं अध्यक्ष रहेका जटियाको स्थानमा जीतबहादुर मगर बनाएर उनीहरूले किर्ते गरेको उनीहरूले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को तीन रोपनी जग्गासहितको घर, सतुंगल वडा नं. ९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा रहेको जग्गाको बयना लिएको सूचना प्राप्त भएपछि मगरलगायत कम्पनी रजिस्टारका कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी र जग्गा दलाली गिरोहहरूमा जीतवहादुर मगर, राजनप्रसाद लम्साल, निरज कुमार मानन्धर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ, हिमाल महर्जन, चिरीबाबु महर्जन, अमृत थापा मगर र फरार रहेका रजिस्टार कार्यालयका अन्य दुईजनासहितको गिरोहले कागजात किर्ते गरी बिक्रीवितरणको तयारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *