जापानमा शक्तिशाली भूकम्प : अहिले सम्म ८ जनाको मृत्यु

काठमाडौं । जापानमा शक्तिशाली भुकम्प गएको छ । जापानको उत्तरी होक्काइडो टापुमा बिहीबार बिहान गएको ६।७ म्याग्निच्युड को शक्तिशाली भूकम्पमा परी ८ को मृत्यु भएको हो । भने थप खोज भइरहेको छ ।

भूकम्पको कारण घरहरु भत्किएका छन् र पहाडी क्षेत्रमा ठूलाठूला पहिरो गएको छ भने ४० भन्दा धेरै मानिसहरु हराइरहेका छन् ।त्यस्तै एक थर्मल पावर प्लान्टमा पुगेको क्षतिका कारण ३० लाख भन्दा धेरै घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

बिहीबार बिहानै गएकोे भूकम्पको केन्द्रविन्दु होक्काइडोको राजधानी साप्पोरो भन्दा ६२ किलोमिटर टाढा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *