भरतपुर आँखा अस्पतालद्धारा लाखौ आँखा विमारीको उपचार

चितवन । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४ सय को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४ सय ५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ । अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताए । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एक दिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *