काभ्रेको गुम्बाबाट पेस्तोल देखाएर ३ लाख ५० हजार नगदसहित शंख लुटियो, ५ जना प्रहरीको फन्दामा

काभ्रे, २१ भदौ । काभ्रेको एक गुम्बाबाट एक लुटेराहरुको समूहले पेस्तोल देखाएर तीन लाख ५० हजार नगदसहित एउटा शंख चोरी गरेका छन् । काभ्रेको खानीखोला गाउँपालिकाका, ७ स्थित छोइछेल कुण्डलाङ गुम्बाबाट लुटेराको समूहले नगदसहित शंख लुटेका हुन् ।

लुटेराको सो समूहले गुम्बाका पुजारी तिलक लामालाई नियन्त्रणमा राखि लुटेका हुन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार दुई वटा मोटरसाइकलमा आएका उनीहरुले पुजारीलाई बाँधेर पेस्तोल देखाउँदै शंख र रकम लुटेका थिए ।

उक्त चोरीको घटना सार्वजनिक भए लगत्तै ५ जनालाई प्रहरी निरीक्षक परशुराम घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले गिरफ्ता गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको खानीखोला २ का रमेश थोकर, जगतबहादुर गोले, खानीखोला ७ का अनिल घिसिङ, त्यस्तै काभ्रेको पनौती नगरपालिका ८ का निशान गोले र विकास बन्जारा रहेका छन् ।

अहिले अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *