काबुलमा दोहोरो बिस्पोटः दुई पत्रकारसहित २० जना मारिए, ७० भन्दा बढी घाइते

एजेन्सी, २१ भदौ । काबुलको एक कुस्ती क्लबमा गत बुधबार भएको दोहोरो कार बिस्पोटमा परि अफगानिस्तानको दुई पत्रकारसहित २० जना भन्दा बढी मारिएका छन्, भने ७० जना भन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रवक्ता हशमत स्तानिकजईका अनुसार शियाको खेल परिसरमा एक आत्माघाती हमला भएको थियो, भने त्यसको एक घण्टापछि सो घटनास्थलमा पत्रकार र सुरक्षाकर्मीहरुको भरिभराउ थियो । सोही मौकामाकार अर्को कार बिस्पोट भएको थियो ।

मिडिया समर्थक एक संगठन (एनआईए)का अनुसार दोस्रो बिस्पोटमा चार जना पत्रकारहरु घाइते भएका छन् । सो अफगानिस्तानको सबै भन्दा भर पर्दो र ठूलो निजी मिडियाले आफ्नो दुई पत्रकारहरु मारिएको पुष्टि गरेको छ ।

अमेरिका स्थित एसआईटिई खुफिया समूहले आईएसको प्रोपागाण्डा च्यानललाई समाचार दिएको छ, कि स्लामिक स्टेट समूहले दोहोरो विस्पोटकको जिम्मा लिएको छ । जसले अफगानिस्तानको अल्पसंख्याक शिया समूदायलाई निशाना बनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *