न्याय पाउनेमा फेरि शंका, नयाँ प्रहरी टोली र उच्चस्तरीय छानबिन समितिलाई तथ्य बाहिर ल्याउन सकस

उल्टाखाम, २१ भदौ । एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए।

नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन्।

बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *