इलामको मार्इ नगरमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

इलाम, २० भदौ । इलामको मार्इ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मार्इ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ वर्षीया कुमारी योङहाङ रहेकी छन् ।

हिज बेलुका करिब पाँच बजे उनलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानिय टिकामाया योङहाङ र प्रकृती फत्र रहेकी छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ । मृतकको शवलाई आज पोष्टमार्टम गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *