सन् २०१८ को जुन १८मा राष्ट्रपतीय चुनावी अभियानको दौरान ‘माइकल स्टेभेन स्यानफोर्ड’ नामक २० वर्षीय ब्रिटिश नागरिक ट्रम्पको हत्या गर्ने प्रयास गरेको अभियोगमा समातिए । संयुक्त राज्य अमेरिकाको लस भेगासमा स्यानफोर्डले प्रहरीको पेस्तोल खोसेर ट्रम्प तिर सोझ्याएपछि उनलाई तत्कालै प्रहरीले गिरफ्तार गरेका थिए ।
हत्या प्रयासको आरोप लागेका स्यानफोर्डको बयान लिँदा उनले ट्रम्पलाई राष्ट्रपति हुनबाट रोक्नको लागि मार्न चाहेको बताएका थिए भने यो समाचारले अन्तर्राष्ट्रिय ध्यान खुब तानेको थियो । अमेरिकी संचारमाध्यमहरूले ट्रम्पलाई मार्न रूस, चीन या इरानको संलग्नता भएको हुन सक्ने भन्दै बारम्बार समाचार प्रेषित गरेका थिए ।
सीआइएले गरेको अनुसन्धान अनुसार स्यानफोर्डले एक वर्षदेखि ट्रम्पलाई मार्ने योजना बनाइरहेका थिए । त्यस दिन ट्रम्पको चुनावी र्यालीमा सहभागी हुनको लागि अग्रिम टिकट लिएका थिए र त्यसपटकमा ट्रम्पलाई मार्न नसकिएको खण्डमा अर्कोपटक प्रयास गर्ने स्यानफोर्डको योजना थियो । त्यसैले उनले एरिजोनामा हुने चुनावी र्र्यालीको पनि टिकट लिएका थिए ।
भनिन्छ, पेस्तोल प्रयोग गर्नुभन्दा पहिला स्यानफोर्डले चक्कु या राइफल प्रयोग गर्नेबारे पनि बिचार गरेका थिए ।
मेडिकल जाँचबाट हत्या प्रयासको आरोप लागेका स्यानफोर्ड एक पागल रहेको रिपोर्ट दिइएको भएता पनि धेरै अमेरिकीहरूले आज पनि त्यो आफ्नो देश बिरुद्ध षड्यन्त्र भएको मान्छन् । बेलायतले बारम्बार आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने भनेर अमेरिकालाई भनेपछि एक बर्षको जेल सजाय दिएर बेलायत फर्काइएको थियो ।
नोभेम्बर ८, २०१६मा ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि उनलाई रूसको एजेन्ट भनेर आलोचना गर्न थालियो, त्यो मध्येको एउटा कारण स्यानफोर्डलाई कठोर सजाय नदिनु पनि थियो । अफगानिस्तान, लिबिया, इराक जस्ता देशहरूमा बिनाकारण आक्रमण गरेको, सिरियालाई अस्थीर बनाएर हतियार बेच्ने बाटो खोलेको तथा मध्यपूर्वको तेलमा आँखा गाडेको आरोप लाग्ने गरेको अमेरिकाका राष्ट्रपति संसारभरमा असुरक्षित राष्ट्रपति मानिन्छन् ।
ट्रम्पले आफ्नो सुरक्षाको लागि वर्षमा अर्बौं डलर खर्च गरेर अमेरिकालाई ऋणमा डुबाएको आरोप अमेरिकीहरूले नै लगाउने गर्दछन ।