युएईको आममाफी प्रक्रियाबाट सात सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । युएई सरकारले एक महिना अघि खुल्ला गरेको आममाफी प्रक्रियामा एक हजार तीन सय चालीस नेपाली सहभागी भएका छन्।

आममाफी प्रक्रियामा धेरैजसो घरेलु काममा युएई पुगेका महिला कामदार सहभागी भएको युईएस्थित नेपाली राजदूतावासले जानकारी दिइको छ।

साउन १६ गतेदेखि सुरु भएको आममाफी प्रक्रियामा अवैध रुपमा बसेर काम गरिरहेको नेपाली कामदारले सहभागिता जनाएको नेपाली राजदूतावास जानकारी दिइको छ।

मंगलबारसम्ममा दूतावासमा ६ जना नेपाली महिलाले आममाफी प्रक्रियामार्फत राहदानी बनाउन आवेदन दिएको युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन्।

विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदारलाई युएई सरकारले आममाफीको दिने भएको छ। यसका लागि तीन महिनाको समयसीमा दिएको छ।

आममाफी प्रक्रियामा सहभागी भएका करीव ७ सय नेपाली कामदार स्वदेश फर्किएका दूतवासले जनाएको छ। आममाफी प्रक्रिया सहभागी सबैजना नेपाल स्वदेश फर्किएका छैनन्। अन्य कामदार फर्किने क्रममा रहेका भनाई छ।

अवैधानिक रुपमा बसिरहेका नेपाली आममाफीको अवसरलाई सदुपयोग गर्दै भिसा लगाएर वैधानिक बन्ने प्रयासमा रहेको दूतवासको भनाई छ। राहदानी बिना काम गरिरहेका, कम्पनीबाट भागेर अवैधानिक भएका, श्रम अवधि सकिए पनि स्वदेश नफर्की उतै काम गरिरहेको विदेशी कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउने छन्।

युएईको दुबई, सारजाह, आबुधाबीको सहामा, रुविस र अलऐनमा युएईले आममाफी सेन्टर स्थापना गरेर काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *