१३ वर्षीया छोरी हजुरबुबाबाट बलात्कृत, बुबा सम्पर्क बिहीन

बाँके । १३ वर्षीया छोरी र १० वर्षीय छोरालाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाएर जिल्लाबाहिर व्यवसाय गर्दै आएका आमा बाबुले आफ्नै छोरीको बलात्कार हजुरबुवाबाट भएको वित्यासलाग्दो कुरा सुन्नु परेको थियो कोहलपुर नगरपालिका वडा नम्बर ५ मा १३ बर्षीया नातिनीलाई हजुरबुवाले बलात्कार गरेका थिए ।

बालिकाको न्यायका लागि उनकी आमा, दिदी र मावलीतर्फका आफन्त तथा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिरहँदा घटना सार्वजनिक भएपछि खबर गरिएका बुवा भने हालसम्म पनि सम्पर्कमा नआएको बालिकाका आफन्तले जनाएका छन् ।

केही दिनअघि मामाघर दाङको तुलसीपुर पुगेको समयमा बिरामी भएपछि उपचारका क्रममा चिकित्सकले यौनशोषणमा परेको हुन सक्ने बताएका थिए । त्यसपछि आफन्तले भैरहवा र काठमाडौंका अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा यौन शोषणमा परेको सार्वजनिक गरिएको हो । बालिकाका अनुसार उनकै हजुरबुवाले उनलाई तीन वर्षदेखि बलात्कार गर्दै आएका थिए ।

स्थानीयका अनुसार बालिकाले घटनाका बारे आफ्नी काकी लाई बताएको भएपनि काकीले सो कुरालाई लुकाउन उनै माथी दबाब दिदै आएकी थिइन् ।बालिकाले आफ्नी काकीलाई हजुरबुवाले वेहोस हुने औषधी खुवाएर बलात्कार गर्दै आएको बताएकी छिन् ।

मावली र आफ्न्तहरुले जिल्ला प्रहरी कार्यालयमा ज्ञानपत्र बुझाएका छन् ।
प्रहरीले ज्ञापन पत्र बुझ्दै घटनाबारे पुर्ण अनुसन्धान भइरहेको र बालिकालाई उचित न्याय दिन आफुहरु लागी परेको बताएका छन् ।

घटना पछि आफन्तले बालिकाका बुवालाई खबर गरेका हुन् ।तर आफन्तहरुले न्यायका लागि हजुरबुवालाई दोषी सार्वजनीक गर्न माग गरिरहेका बेला पिडीत बालिकाका बुवा भने सम्पर्कमा नआएको बताएका छन् ।

महिला नेतृ वसन्ती अधिकारीले बालिका बलात्कारमा संलग्न हजुरबुवालाई तत्काल सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *