नेप्से परिसूचकमा ४ अंकको बृद्दी

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३ दशमलब ९८ अंकले बढेर १ हजार २ सय १० दशमलब २४ को बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब ९९ अंकले बढेर २ सय ५५ दशमलब ८६ को बिन्दुमा आइपुगेको छ।

मंगलबार १ सय ७२ कम्पनीको ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार हुँदा कारोबार रकममा उच्च वृद्धि भएको छ। बैंकको संस्थापक सेयरको १० करोड १७ लाख १५ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, एनआइसी एसिया बैंकको ३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

सर्वाधिक कमाउनेमा काबेली विकास बैंक अन्तर्गतका लगानीकर्ताहरु रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब २६ प्रतिशत अर्थात् २१ रुपैयाँले बढेर २ सय ३७ रुपैयाँमा कारोबार बन्द भएको छ। त्यस्तै, एभरेष्ट बैंकको संस्थापक सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढेर ६ सय २६ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *