त्रिशुलीमा कन्टेनर खस्यो

चितवन/एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो

चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पु¥याएको जनाइएको छ । प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *