एशिया कप क्वालिफायर फाइनलमा युएई र हङकङ

काठमाडौँ। आज भएको समुह चरणको अन्तिमखेलमा युएईले ओमानलाई र हङकङले नेपाललाई पराजित गरेपछि युएई र हङकङ एशिया कप क्वालिफायरको फाइनलमा पुगेका छन्।

आज भएको खेलमा युएईले ओमानमाथि १३ रनको जित हासिल गर्यो भने हङकङले नेपालमाथि ३ विकेटको जित हासिल गर्यो। युएईले ५ खेलमा ४ खेलमा जित हासिल गर्दै ८ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने हङकङ र ओमानको ७(७ अंक रहेर रनरेटका आधारमा दुबै छनौटमा परेका हुन् ।

त्यस्तै नेपाल ४ खेलमा २ मा जित हासिल गर्दै ४ अंकसहित चौथो स्थानमा रहदै एशिया कप क्वालिफायरबाट बाहिरिएको छ भने मलेसिया र सिंगापुर २(२ अंक सहित पाचौ र छैठौ स्थानमा रहे। सिंगापुरले पनि अन्तिम खेलमा मलेसियालाई पराजति गर्दिया २ अंक हासिल गरेको छ।

फाइनल खेल विहिबार युएई र हङकङबीच हुने छ र विजेता देशले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *