मुगु । कर्णली अञ्चलको मुगुमा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ । मुगुको सोरु गाँउपालिका– ६ पुरुमुरु गाँउमा पखालाले केहीदिनयता झाडापखालाबाट २ जनाको निधन भएको हो।
झाडापखालाले करिब ५० बर्षिया म्याज्या मल्ल र ५२ वर्षकी लालसरा शाहीको मृत्यू भएको बताइएको छ ।गाउँमा फैलिएको झाडापखाला रोकथाम गर्नको लागि औषधिसमेत अभाव रहेको जनाइएको छ ।
यसैबीच, औषधिको अभावका कारण प्रकोप फैलिएकोठाँउमा जिल्ला अस्पताल ठिनीमा र फेज नेपालको सहकार्यमा झाडापखाला प्रकोप भएको बस्तीमा औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिएको सोरु गाँउपालिकाका अध्यक्षले जानकारी दिएका छन् ।