स्थानीय तहले आफै कर्मचारी राख्न सक्दैन : लालबाबु पण्डित

काठमाडौं । मंगलबार कर्मचारी समायोजनका सम्बन्धमा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले स्थानीय तहलाई नै कर्मचारी राख्न दिन नसकिने बताएका छन् ।

मन्त्री पण्डितले पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गरिसक्ने दावी गदृै पुस मसान्तसम्म आवश्यक कर्मचारीहरुको व्यवस्था हुने गरी सरकारले संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढाइएको बताएका छन् ।

सरकारले मालपोत, भन्सार, यातायात, अध्यागमन, वैदेशिक रोजगार विभागलगायतका कार्यालयमा नयाँ कर्मचारी मात्रै राख्ने व्यवस्था पनि गर्न लागेको छ ।

मन्त्री पण्डितले २ हजार कर्मचारी तत्काल पूर्ति हुने गरी लोक सेवा आयोगले मौखिक परिक्षाको तयारी गरिरहेको जानकारी दिदैगाउँपालिकामा कर्मचारी व्यवस्थापनको कामलाई उच्च प्राथमिकता दिएको प्रष्ट पारेका छन् ।

भारतको रेल पहिला आउँछ कि चीनको महेन्द्र राय यादव

 प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरे लगत्तै सुरु भएको प्रश्न उत्तर कार्यक्रममा राजपाका सांसद यादवले भारत र चीन दुबैसँग रेल सम्झौता भएको भन्दै कुन पहिला काठमाडौं आइपुग्छ भनेर प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *