राजदूत अर्यालद्वारा जोर्डनका राजालाई ओहोदाको प्रमाणपत्र

काठमाडौं । जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले यही भदौ १७ गते त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राजदूत अर्यालले सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट जोर्डनका राजा हुसेनको सुस्वास्थ्यको र जोर्डनी जनताको सुख शान्तिको कामना गर्दै ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राजदूत अर्यालले त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेका थिए । नेपाली नागरिकलाई जोर्डन सरकारका तर्फबाट रोजगारीको अवसर उपलब्ध गराउने, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउनेलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

जोर्डनका राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *