यो साताबाट मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल हेर्न मिल्ने

काठमाडौँ । तीन वटा टेलिश्रृंखलाको यसै महिनाबाट प्रशारण सुचारु हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएपनि मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेपछि प्रसारणमा आउने भएका हुन् ।

‘मेरी बास्सै’को प्रशारण मंगलबारबाट सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबार प्रशारण हुनेछन् । अहिले फिल्म निर्माणको तयारीमा रहेकाले ‘मेरी बास्सै’ मा धुर्मुस र सुन्तली भने नदेखिने भएका छन् ।

यसैगरी ‘जिरे खुर्सानी’ मा पनि जितु नेपाल देखिने छैनन् । भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहने भएको छ ।

आगामी असार मसान्तसम्मका लागि प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ तिर्ने गरी नेपाल टेलिभिजनसँग सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *