संयुक्त सीमा गस्तीमा तीव्रता

भद्रपुर । झापासंँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा नक्कली नोट र सुन कारोबारलगायतका अपराधिक क्रियाकलप बढेसँगै दुवै देशका सुरक्षाकर्मीले संयुक्त सीमा गस्तीलाई तीव्रता दिएको छ। नजिकिँर्दै गरेको दसैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरी भारतीय सुरक्षाकर्मीको सहकार्यमा सीमा गस्तीलाई तीव्रता दिइए हो । झापाको मेचीनगरदेखि भद्रपुर नगरपालिका, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा दिनैपिच्छे गस्ती गरिने प्रहरीले जनाएको छ । आउँदै गरेको चाडपर्वमा हुने अपराधिक घटना रोकथामका लागि झापामा सीमा गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती टोलीले झापाको भद्रपुर नाकाबाट गस्ती सुरुवात गरेको जनाइएको छ। सोमबार भद्रपुरको ९४ देखि १०० नम्बर सीमा स्तम्भसम्म संयुक्त सुरु गरिएको छ। टोलीमा वडा प्रहरी कार्यालयको नेतृत्वमा नौ जना, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक हेमराज श्रेष्ठको नेतृत्वमा २३ जना र किशनगञ्ज जिल्ला भातगाउँ ग्रामपञ्चायतस्थित एसएसबीका प्रवीन कुमार हास्देको नेतृत्वमा १५ जना गरी ४७ जनाको टोली रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेगुले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *