मदिरा सेवनले एकको मृत्यु

ओखलढुंगा । जिल्लाको सुनकोसी गाउँपालिकाको च्यानममा मंगलबार बिहान एक व्यक्ति मृत फेला परेका छन्। सुनकोसी गाउँपालिका–८ का करिब ४० वर्षीय कृष्ण बहादुर दर्जी मृत भेटिएका हुन्। घर नजिकैको भालदीपस्थित छिमेकी सुशीला श्रेष्ठको घरमा दर्जीलाई स्थानीयले मृत अवस्थामा भेटेका थिए। मदिरा सेवन गरी श्रेष्ठको घरको बार्तलीमा सुतेका नेपालीको राति भुइँमा झरेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ। सोमबार सदरमुकाम ओखलढुंगाबाट घर फर्केका दर्जी अत्यधिक मदिरा सेवन गरी फर्केका र गाउँमा पुगेपछि पनि मदिरा सेवन गरेको कारण मृत्यु भएको आशंका गाउँलेको छ। थप अनुसन्धानका लागि प्रहरी चौकी कोसहाटबाट घटनास्थलतर्फ प्रहरी पुगिसकेको र सदरमुकाम ओखलढुंगाबाट पनि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अखलढुंगाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *