औषधि बजारलाई विश्वासिलो बनाउँदै : ग्लोबल रिफरेन्स

काठमाडौँ । नेपाली औषधिको गुणस्तरीय उत्पादनमा क्षमता अभिवृद्धिका लागि ग्लोबल रिफरेन्स ल्याबले अन्तर्रा्ष्ट्रिय स्तरको भौतिक पूर्वाधार र जनशक्ति सहितको वैज्ञानिक संरचनालाई पछ्याउदै आएको छ । रिफरेन्स ल्याबले अन्तर्रा्ष्ट्रिय गुणस्तर चिन्ह आ.एस.ओ १७०२५ प्राप्त गर्ने उद्देश्यले विश्वस्तरीय एजीलेन्ट ब्राण्डका प्रविधि तथा उपकरणहरुसमेत भित्र्याएको छ।

अहिले सम्म नेपाली औषधि बजार करिब ४६ प्रतिशत मात्र आन्तरिक उत्पादनमा निर्भर छ भने बाँकी आयातबाटै आपूर्ति हुने गरेको छ । अझ पोल्ट्री तथा अन्य पशुपालन क्षेत्रमा खपत हुने भिटामिन जन्य उत्पादनको ७० प्रतिशत आयात गर्नुपर्न अवस्था रहेको यस क्षेत्रका विज्ञहरुको दावी छ । सोहि अनुसार ल्याबले मानव तथा पशुलाई अत्यावश्यक पर्ने स्थानीय औषधि र आयात अनुमति अघि पठाइएका नमुनाको गुणस्तरीय ल्याब परीक्षण गरी प्रभावकारी उत्पादन बजारमा उपल्वध गराउन सहयोग पुर्याएको ओम फर्मास्युटिकल प्रा.लि का प्रवर्धक सुनिल श्रेष्ठले बताएका छन् ।

नेपालमा हाल भारतीय,युरोपेली, बेलायती तथा अमेरिकी फर्माकोपियाको अनुसरण हुंदै औषधि उत्पादन हुने गर्दछ । यसमा विश्व खाद्य सगंठनले सुझाएको पद्दति अपनाउनु पर्ने अनिवार्य गरिएको छ । ल्याबले उत्पादक र आयातकर्ताका तयारी उत्पादन र सहयोगी कच्चा पदार्थको परीक्षण प्रक्रियालाई सोही मापदण्ड अनुसार पूर्णता दिदै आइरहेको व्यवस्थापक पक्षको दावी छ ।

औषधि व्यवस्था विभागका कार्यकारी निर्देशक नारायण ढकालका अनुसार राष्ट्रिय प्रयोगशाला निर्दे्शिका अन्तर्गतका सम्पूर्ण मापदण्ड पूरा गरेकोले ल्याबले विभागीय सम्बन्धन प्राप्त गरेको छ ।त्यस्तै भारत तथा अन्य मुलुकबाट आयात गरिने प्रभावकारी पशुजन्य भिटामिन तथा औषधि बजारमा उपल्वध हुँदै जानुमा ग्लोबल ल्याबले पनि सहयोग पुर्याउदै आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *