काठमाडौँ। काठमाडौँमा भदौ १७ गते टाउको चुढिएको अवस्थामा एक शव फेला परेको छ । काठमाडौँको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा फेलापरेको युवकको शवलाई आफन्तले मृतकले लगाएको कपडा हेरेर सनाखत गरेका छन् ।
शव अध्ययनका लागि काठमाडौंमा बस्दै आएका बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको रहेको प्रहरीले जनाएको छ ।
जिसीको शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा लगिएको छ । जिसीका आफन्तहरू मंगलबार बिहानै शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् ।९ दिनदेखि बेपत्ता भएका जिसीको शव एकाएक टाउको चुडिएको अवस्थामा फेला परेपछि आफन्तहरू मर्माहत भएका छन् ।उनीहरूले प्रहरीले समयमा खोज्न नसक्दा जिसीको अपहरणपछि हत्या भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जिसीका आफन्तले दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाहीको माग गरेका छन् ।