एसियाकप छनोटमा नेपालले दियो हङकङलाई ९६ रनको फितलो लक्ष्य

काठमाडौँ / एसियाकप छनोटमा नेपालले हङकङलाइ ९६ रनको फितलो लक्ष्य दिएको छ ।क्वालालम्पुर युकेएम ओभलमा टस जितेर ब्याटीङ गरेको नेपालले ३७.४ ओभरमा सबै विकेट गुमाएर ९६ रनको झिनो लक्ष्य दिएको हो ।

खेलका क्रममा हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई/दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

नेपाल ओमन र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेशिया र सिङ्गापुरलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *