२१ वर्षपछि करण जोहरको ‘कलंक’मा माधुरी र सञ्जय, सुट भयो केही सिन !

एजेन्सी, १९ भदौ । माधुरी दीक्षित र सञ्जय दत्त २१ वर्षपछि पुनः एकसाथ करण जोहरको फिल्म ‘कलंक’मा कानम गरिरहेका छन् । तर यो जोडीले फिल्ममा कुनै पनि सिन सँगै सुट नगर्ने बताईएको थियो । यस्तो समाचारले उनीहरुको फ्यानहरुमा केही निराशा आएको थियो । तर पिंकविल्लाको रिपोर्ट अनुसार अहिले आएर यो जोडीले फिल्मको केही सिनहरु सँगै सुट गरेका छन् ।

पछिल्लो समय माधुरी दीक्षितलाई सोधिएको थियो कि सञ्जय दत्तसँग लामो समयपछि फिल्ममा एकसाथ काम गर्दा कस्तो अनुभव भयो ? उनले प्रश्नलाई किनारा लगाउँदै भनेकी छन्, ‘फिल्ममा सञ्जय दत्तको अलवा बरुण धवन र आलिया भट्ट पनि छन् ।’ समाचारमा आए अनुसार यो फिल्ममा सञ्जय दत्तसँग कुनै सिन नभएकै कारण करण जोहरको फिल्ममा माधुरीले साइन गरेकी थिइन् ।

सञ्जय दत्तको जीवनमा माधुरीको अहम भुमिका छ । तर यो जोडीले कहिल्यै पनि आफ्नो अफिसियल कमेन्ट गरेनन् । पछिल्लो समय रिलिज भएको सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ मा पनि माधुरीसँग जोडिएको एक सिन थियो, तर माधुरीले सो सिन नराख्न आग्रह गरेपछि हटाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *