काठमाडौं, १९ भदौ । यचुश्री श्रेष्ठले किड क्विन नेपाल–२०१८ को उपाधि जितेकी छन् । आफ्ना १५ प्रतिस्पर्धीलाई पछि पारेर १२ वर्षीया यचुश्रीले उपाधि चुमेकी हुन् ।
१६ जना बालिका तथा किशोरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा लुमिला जोशी फस्र्ट रनरअप र स्वेना श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए ।
जसमा अपेक्षा शेरचन मिस फ्रेन्डसिप, वृक्षा गुरुङ मिस चार्मिङ, जेनिशा तामाङ मिस स्माइल, ओजश्वी महर्जन बेस्ट स्किन, दिया नापित बेस्ट हेयर, समृद्धि श्रेष्ठ मिस पङ्चुअल तथा प्रिया श्रेष्ठ मिस इलिगेन्ट भएको प्रतियोगितामा नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एन्जेल खत्रीले मिस डिसिप्लिन, ईशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि प्राप्त गरे ।
९ देखि १४ वर्ष उमेर समूहका प्रतियोगी समावेश प्रतिस्पधाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई र डब्बु क्षेत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, मिस नेवाःकी फस्र्ट रनरअप सरिसा श्रेष्ठलगायत थिए ।