‘नेपालको भूभाग नेपालमै फर्काइनु पर्छ’ अभियानका सञ्चालकलाई २४ घन्टाभित्र अदालतमा ल्याउन सर्वोच्चको आदेश

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमेस्टेक सम्मेलनमा भाग लिन आएका समयमा पक्राउ परेका ग्रेटर नेपालको अभियान सञ्चालक फडिन्द्र नेपाललाई अदालतमा ल्याउन सर्वाेच्चले आदेश दिएको छ ।

सुगौली सन्धिभन्दा अगाडि रहेको नेपालको भूभाग नेपालमै फर्काइनु पर्ने अभियान सञ्चालन गर्दै आएका उनलाई अधिवक्ता सुजीत केसीले नेपाललाई पक्राउ गर्नु गैरकानुनी भएको दाबी गर्दै १७ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

उक्त निवेदनमा पहिलो सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले नेपाललाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। गत बिहिबार भारतीय प्रधानमन्त्री मोदीको सवारीका बेला कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले उनलाई चाबहिलस्थित निवासबाटपक्राउ गरेको थियो।

यसअघि भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउदाँ पनि पक्राउ परेका नेपाल आफै रिहा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *