सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो दिन नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो । आइतबारको तुलनामा सोमबार २४ करोड भन्दा बढी रकमको सेयर कारोबार भएको छ ।

१ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।

त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार अन्तिममा आएर १५.९८ घटेर नेप्सेपरिसूचक १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेखीय सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *